Kathmandu Press

सीपीएलमा सन्दीपको टीम सेमिफाइनलबाट बाहिरियो

काठमाडौं, भदौं २४ : नेपाली क्रिक्रेटर सन्दीप लामिछाने आबद्ध टीम जमैका तलावास क्यारेबियन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ। गएराति भएको खेलमा...
सीपीएलमा सन्दीपको टीम सेमिफाइनलबाट बाहिरियो

काठमाडौं, भदौं २४ : नेपाली क्रिक्रेटर सन्दीप लामिछाने आबद्ध टीम जमैका तलावास क्यारेबियन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ। 

गएराति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएसँगै जमैका अन्तिम चारबाटै बाहिरिएको हो । जमैकाले दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो । 

खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए पनि विकेट लिन भने असफल भए। 

प्रकाशित मिति: ०८:०२ बजे, बुधबार, भदौ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्