Kathmandu Press

तेलुगु सिने स्टार जयप्रकाश रेड्डीको निधन

तेलुगु सिने स्टार जयप्रकाश रेड्डीको निधन

काठमाडौं, भदौ २३ : तेलुगु फिल्म क्षेत्रका प्रख्यात अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ।

मंगलबार बिहान ७४ वर्षको उमेरमा रेड्डीको निधन भएको हो। उनको हृदयघातबाट निधन भएको भारतीय मिडियाले जनाएका छन्।

Hardik ivf

मंगलबार बिहान आध्र प्रदेशस्थित घरमै हृदयघात भएको हो। उनी घरकै बाधरुममा लडेका थिए।

कला क्षेत्रमा आउनु अघि उनी शिक्षक थिए। अध्यापन गर्दा गर्दै कलाक्षेत्रमा प्रवेश गरेका थिए। उनको पहिलो फिल्म ब्रह्मपुत्रुदु हो।

त्यसपछि उनले प्रेमिचुकंदम रा, समरसिम्हा रेड्डी, नरसिम्हा रायडु, आनंदम, जिाम, कबड्डी, चिन्ना, धरमपुरी, किंग, किक, बिन्दास, गब्बर सिंह लगायतका चर्चित फिल्ममा काम गरेका छन्।

उनको निधनमा तेलुगु फिल्मबाट बलिउडमा प्रवेश गरेका रकुल प्रित सिंह, जुनियर एनटीआर, प्रभासलगायतका चर्चित कलाकारले शोक जनाएका छन्।

प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, भदौ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्