Kathmandu Press

अर्थतन्त्र कमजोर होइन ध्वस्त हुन्छ : लकान्द्री

काठमाडौं, भदौ २३ : नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले समयमै सरकारले ध्यान नदिए नेपालको अर्थतन्त्र कमजोर नभई ध्वस्त हुने बताएका...
अर्थतन्त्र कमजोर होइन ध्वस्त हुन्छ : लकान्द्री

काठमाडौं, भदौ २३ : नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले समयमै सरकारले ध्यान नदिए नेपालको अर्थतन्त्र कमजोर नभई ध्वस्त हुने बताएका छन्। 

झण्डै ६ महिनादेखि अस्तव्यस्त बनेको व्यापार–व्यवसायलाई बचाउन सरकारले गम्भीरताका साथ नलिनु दुर्भाग्यपूर्ण भएको सोमबार केन्द्रीय कार्यालय अनामनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै लकान्द्रीले बताए। 

‘अर्थतन्त्रको अधिकांश भाग ओगट्ने सुनचाँदी व्यवसायप्रति संवेदनशीलता नदेखाउनाले देशको अर्थतन्त्र झन कमजोर बन्दै छ’, लकान्द्रीले भने, ‘अब सरकारले अन्य वैकल्पिक मार्गहरुको पहिचान गरेर उद्योग, धन्दा र व्यापार व्यवसायलाई संचालन गर्छ।’

लकान्द्रीले सुनचाँदीव्यवसाय ठप्प भएको र भाउ अप्रत्याशित रुपमा अपडाउन भइरहेकाले व्यवसायमा थपजोखिम सिर्जना भएको बताए। झट्ट हेर्दा व्यापार, व्यवसाय बन्द भएको देख्दा व्यापारीलाई मात्र नोक्सान भइरहेकोजस्तो देखिए पनि यसले लाखौं श्रमिकको दैनिक जीवन धरापमा परेको उनले बताए। 

उनले राष्ट्रिष्य अर्थतन्त्र दिन प्रतिदिन कमजोर बन्दै गइरहेकोप्रति सरोकारवाला निकायहरु गम्भीर बन्नु पर्ने समय आएको लकान्द्रीले बताए।

प्रकाशित मिति: १२:१३ बजे, मंगलबार, भदौ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्