व्यवसायीलाई घरभाडा मिनाहा गर्न महासंघको माग
काठमाडौं, भदौ २३ : नेपाल राष्ट्रिय व्यवसायी महासंघले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई...
काठमाडौं, भदौ २३ : नेपाल राष्ट्रिय व्यवसायी महासंघले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ।
महासंघका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी झण्डै ६ महिना लामो लकडाउन र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र धरासायी बन्दै गएको जनाउँदै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गरेका छन्।
अध्यक्ष कटुवालले भने, “लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको व्याज पूर्णरूपमा मिनाहा गर्न र कोभिड–१९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउनका लागि पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन माग गर्दछौँ।”
महासंघले एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गर्न पनि माग गरेको छ।
यस्तै निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दै साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने जनाएको छ। महासंघमा देशभरका दुई दर्जनभन्दा बढी व्यवसायी संस्था आबद्ध छन्।










-1754206481.jpg)
