Kathmandu Press

बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, भदौ २३ : नेपाल राष्ट्र बैंकले बैंकहरुका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ ।राष्ट्र बैंकले एक विज्ञप्ति जारी गरी...
बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, भदौ २३ : नेपाल राष्ट्र बैंकले बैंकहरुका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एक विज्ञप्ति जारी गरी राजस्व संकलनका लागि मंगलबारदेखि विहीबारसम्म राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा–काउण्टर खोल्न निर्देशन दिएको हो ।

राजस्व संकलन गर्ने एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका लगायत कतिपय जिल्लाका स्थानीय तहमा निषेधाज्ञा जारी रहेका कारण सिमित संख्यामा मात्रै बैंकका शाखाहरु सञ्चालनमा छन् ।
 

प्रकाशित मिति: ०८:३९ बजे, मंगलबार, भदौ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्