नेसन्स लिगः इटालीले नेदरल्यान्ड्सलाई हरायो

काठमाडौं, भदौं २३ : यूएफा नेसन्स लिग अन्तर्गत लिग ’ए’ समूह १ को दोस्रो चरणको खेलमा इटालीले पहिलो जित निकालेको छ ।
गए राति भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध १–० को जित निकाल्दै इटालीले पहिलो जित दर्ता गरेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा इटालीको जितमा पहिलो हाफको इन्ज्युरी समयमा निकोलो बरेल्लाले गरेको गोल नै निर्णायक बन्यो ।
यही समूहको अर्को खेलमा पोल्यान्डले बोस्निया एन्ड हर्जगोभिनामाथि २–१ को जित हात पारेको छ ।
यो जित सहित इटाली २ खेलमा ४ अंक सहित समुहमा पहिलो स्थानमा रहेको छ ।
प्रकाशित मिति: ०८:३१ बजे, मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











