Kathmandu Press

कोभिड–१९ मा आधारित ‘ढोका’ फिल्म सार्वजनिक

काठमाडौं, भदौ २२ : विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई समेटिएको ‘ढोका’ नामक फिल्म सार्वजनिक भएको छ। निर्देशक...
कोभिड–१९ मा आधारित ‘ढोका’ फिल्म सार्वजनिक

काठमाडौं, भदौ २२ : विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई समेटिएको ‘ढोका’ नामक फिल्म सार्वजनिक भएको छ। निर्देशक दिवश धितालको लेखन तथा निर्देशन रहेको सो फिल्म बन्डेड लायन प्रोडक्सनको अफिसियल युटुब च्यानलबाट आज सार्वजनिक भएको हो। 

निर्देशक धितालले आम मानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई फिल्ममार्फत उतारिएको जानकारी दिए। फिल्मको छायाङ्कन तथा सम्पादन बरुण कोइरालाले गरेका छन्। ‘ढोका’ लाई निर्माता राजाराम गौतमले निर्माण गरेका हुन्। फिल्ममा कलाकार आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ।

प्रकाशित मिति: १७:२९ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्