Kathmandu Press

म्यानचेष्टर सिटीका महरेज र लापोर्टेलाई कोरोना संक्रमण

काठमाडाैं, भदौ २२ : इंग्लिस क्लब म्यानचेष्टर सिटीका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ।म्यानचेष्टर सिटीले आफ्ना दुई खेलाडी रियाद महरेज र अमेरिक लापोर्टेमा कोरोना...
म्यानचेष्टर सिटीका महरेज र लापोर्टेलाई कोरोना संक्रमण

काठमाडाैं, भदौ २२ : इंग्लिस क्लब म्यानचेष्टर सिटीका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ।

म्यानचेष्टर सिटीले आफ्ना दुई खेलाडी रियाद महरेज र अमेरिक लापोर्टेमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ। दुवै खेलाडी सेल्फ आइसोलेसनमा रहेको सिटीले जनाएको छ। 

दुवै खेलाडीमा कोरोनाको कुनै लक्षण नदेखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। नयाँ सिजनको तयारीका अभ्यास सुरु गर्नुअघि गरिएको परीक्षणमा दुई खेलाडीमा कोरोना संक्रमण देखिएको हो।

सिटीले आफ्नो अधिकारी वेबसाइटमार्फत महरेज र लापोर्टे चाँडै कोरोना जित्दै ट्रेनिङमा फर्कने विश्वास व्यक्त गरेको छ। प्रिमियर लिगको नयाँ सिजन सुरु हुन पाँच दिनमात्र बाँकी हुँदा आफ्ना दुई महत्वपूर्ण खेलाडीमा कोरोना संक्रमण देखिएपछि सिटीलाई समस्यामा परेको छ। 

सिटीले सेप्टेम्बर २१ मा वुल्भ्ससँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ।

प्रकाशित मिति: १५:३२ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्