नेसन्स लिग : युक्रेनको पोष्टमा स्पेनको ४ गोल
काठमाडौं, भदौं २२ : युईएफए नेसन्स लिग फूटबलमा स्पेनले युक्रेनलाई हराएको छ। समूह ए फोर अन्तर्गत अंशु फातीको कीर्तिमानी गोलमा स्पेनले युक्रेनलाई ४–० को...
काठमाडौं, भदौं २२ : युईएफए नेसन्स लिग फूटबलमा स्पेनले युक्रेनलाई हराएको छ।
समूह ए फोर अन्तर्गत अंशु फातीको कीर्तिमानी गोलमा स्पेनले युक्रेनलाई ४–० को फराकिलो गोल अन्तरले हराएको हो । स्पेनका लागि सर्जियो रामोसले २ र अंशु फाती, फेरान टोरेस १-१ गोल गरे ।
यस्तै यस समूहकै अर्को खेलमा जर्मनी र स्विट्जरल्याण्डले एक–एक गोल बराबरी खेल्दै अंक बाँडेका छन् । त्यस्तै गएराति नै भएका अन्य खेलमा वेल्सले बुल्गेरियालाई १–० ले हराउँदा, रुसले हंगेरीलाई ३–२ गोल अन्तरले पराजित गर्यो ।
यसै गरी फारोस आइल्याण्डले एण्डोरालाई १–० ले हरायो । त्यस्तै फिन्डल्याण्डले आयरल्याण्लाई १–० ले हराउँदा ग्रिसले कोसोभोलाई २–१ ले पराजित गर्यो।
प्रकाशित मिति: ०८:५७ बजे, सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











