Kathmandu Press

सुनको मूल्य घटेर ९६ हजार नजिक

काठमाडौं, भदौ २१ : नेपाली बजारमा आइतबार सुनको मूल्य केही घटेको छ।साताको पहिलो दिन सुनको मूल्य तीन सय रुपैयाँले घटेको नेपला सुनचाँदी व्यवसायी...
सुनको मूल्य घटेर ९६ हजार नजिक

काठमाडौं, भदौ २१ : नेपाली बजारमा आइतबार सुनको मूल्य केही घटेको छ।

साताको पहिलो दिन सुनको मूल्य तीन सय रुपैयाँले घटेको नेपला सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९६ हजार एक सयमा कारोबार भएको छ।

यस अघि शुक्रबार प्रतितोला ९६ हजार चार सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन पनि घटेको छ। आइतबार तेजाबी सुना प्रतितोला ९५ हजार ६ सयमा कारोबार भइरहेको छ।

यसैगरि चाँदी प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कोरोना भाइरसको महामारी सुरु भएसँगै बढ्न थालेको सुनको मूल्य केही सातादेखि ९६ हजारको आसपासमै रहेको छ।

 

प्रकाशित मिति: १३:३९ बजे, आइतबार, भदौ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्