Kathmandu Press

प्रभासले जिम प्रशिक्षकलाई दिए एक करोडको कार

काठमाडौं, भदौ २१ : बलिउड अभिनेता प्रभासले लकडाउनको समयमा आफ्ना जिम प्रशिक्षकलाई कार उपहार दिएका छन्।प्रभासले आफ्ना जिम प्रशिक्षक लक्ष्मण रेड्डीलाई रेन्ज रोभर...
प्रभासले जिम प्रशिक्षकलाई दिए एक करोडको कार

काठमाडौं, भदौ २१ : बलिउड अभिनेता प्रभासले लकडाउनको समयमा आफ्ना जिम प्रशिक्षकलाई कार उपहार दिएका छन्।

प्रभासले आफ्ना जिम प्रशिक्षक लक्ष्मण रेड्डीलाई रेन्ज रोभर कार उपहार दिएका हुन्। जसको मूल्य एक करोड १६ लाख अर्थात ७३ लाख भारतीय रुपैयाँ रहेको छ।

उनले उपहार दिएको कारसँगै लक्ष्मणका परिवारले खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। कारसँगको तस्बिरमा प्रभास पनि छन्।

यतिवेला उनी नयाँ फिल्म आदिपुरुषको तयारीमा छन्। ओम राउतले निर्देशन गर्न लागेको यो फिल्ममा सैफ अलि खान पनि हुनेछन्।

यससँगै उनी दक्षिण भारतीय फिल्ममा पनि काम गरिरहेका छन्। यसमा फिल्ममा दीपिका पादुकोणे पनि रहेकी छन्।

 

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, भदौ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्