नेसन्स लिग : इंग्ल्यान्डले आइसल्यान्ड र फ्रान्सले स्वीडेनलाई हरायो
काठमाडौं, भदौं २१ : रहिम स्टर्लिङले निर्णायक गोल गरेपछि इंग्ल्यान्डले युइएफए नेसन्स लिगमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा स्टर्लिङको...
काठमाडौं, भदौं २१ : रहिम स्टर्लिङले निर्णायक गोल गरेपछि इंग्ल्यान्डले युइएफए नेसन्स लिगमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा स्टर्लिङको एकमात्र गोल मद्दतमा इंग्ल्यान्डले आइसल्यान्डलाई १–०ले पराजित गरेको हो ।
खेलमा इंग्ल्यान्डले पकड बनाएको थियो । तर, खेलको अन्त्यतिर मात्र सम्भव भएको थियो । खेलको अन्त्य दुवै टिमले १० खेलाडीमा रहेर गरेका थिए ।
खेलको ७०औं मिनेटमा डिफेन्डर केल वाकर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । यस्तै, ८९औं मिनेटमा आइसल्यान्ड पनि १० खेलाडीमा समेटियो । उसका सर्वेरिर इन्गासनले पनि दोहोरो पहेँलो कार्ड पाएका थिए ।
इन्जुरी समयको पहिलो मिनेटमा स्टलिङले पेनाल्टीमागोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । लगत्तै आइसल्यान्डले पनि पेनाल्टी पायो । तर, बिर्किर बजर्सनको हार पोस्टमाथिबाट बाहिरिएको थियो ।
नेसन्स लिगको लिग–ए को समूह २ मा रहेको इंग्ल्यान्डले आगामी खेल डेनमार्कसँग खेल्ने छ भने आइसल्यान्डले बेल्जियमको सामाना गर्ने छ ।
यस्तै, अर्को खेलमा स्टार फरवार्ड केलियन एमबाप्पेको गोलले फ्रान्सले यूईएफए नेसन्स लिगमा विजयी शुरुवात गरेको छ । फ्रान्सले नेसन्स लिगको पहिलो खेलमा स्वीडेनलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

फ्रान्सको जितमा एमबाप्पेले गरेको एक गोल नै निर्णायक बन्यो । अन्तिम समयमा फ्रान्सले पेनाल्टी पाएपनि एन्टोइन ग्रिजमनले सदुपयोग गर्न सकेनन् ।
खेलको ४१औं मिनेटमा फ्रान्सले एमबाप्पेको गोलबाट १–० को अग्रता लिएको थियो । त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन र फ्रान्सले १-० को जित निकाल्यो ।
सोही समूहको अर्को खेलमा पोर्चुगलले क्रोएसियामाथि ४–१ गोल अन्तरको जित निकाल्यो ।











