मेसी एक सिजन बार्सिलोनामै रहने
काठमाडौं, भदौं २० : अर्जेन्टिनी स्टार लियोनल मेसी एक सिजन बार्सिलोनामै बस्ने भएका छन् । अर्जेन्टिनाा रहेका मेसीले शुक्रबार गोल टडकमसँगको अन्तर्वार्ताका क्रममा...
काठमाडौं, भदौं २० : अर्जेन्टिनी स्टार लियोनल मेसी एक सिजन बार्सिलोनामै बस्ने भएका छन् । अर्जेन्टिनाा रहेका मेसीले शुक्रबार गोल टडकमसँगको अन्तर्वार्ताका क्रममा आफू खुसी नभएपनि एक सिजन बार्सिलोनामै बस्ने बताएका हुन् ।
लामो समयदेखि क्लब व्यवस्थापनसँग असन्तुष्ट रहेका मेसीले गत साता पत्र लेख्दै बार्सिलोना छोड्न चाहेको बताएका थिए । मेसीले बार्सिलोना छाड्ने बताएपछि उनलाई भित्र्याउन ७ सय मिलियन युरोको रियल क्लज तिर्नुपर्ने बताएपछि मेसी र बार्सिलोनाबीच केही विवाद पनि उत्पन्न भएको थियो ।
‘अहिले जे भयो त्यसमा म खुसी छैन । यो साँचो हो कि, म क्लब छाड्न चाहन्थें,’ मेसीले गोल डटकमसँगको अन्तर्वार्तामा भने, ‘मलाई क्लब छाड्न दिइएन । म अब बार्सिलोनामा नै रहन्छु किनभने आफू हुर्किएको क्लबसँग कुनै पनि कानुनी झमेला चाहन्नँ।’
सिजनको सुरुवातदेखि नै मेसी क्लब अध्यक्ष जोसेफ मारिया बार्टोमेउसँग खुसी थिएनन् । मेसीले क्लब छोड्न चाहनुको एउटा कारण त्यो पनि थियो । मेसीले गोल टडकमसँगको अन्तर्वार्तामा बार्टोमोउप्रति असन्तुष्टी पोखेका छन् ।
‘परिबन्ध वा नयाँ घटनाक्रमका कारण म अब बार्सिलोनामै रहन तयार छु । तर, म क्लब बोर्ड अध्यक्षसँग खुसी छैन, पटक्कै खुसी छैन । किनभने, बार्टोमेउ क्लबका लागि नेतृत्वका नाममा एक दुर्घटना मात्र हुन्,’ मेसीले भनेका छन् ।
मेसीले अन्तर्वार्ताका क्रममा अध्यक्ष बार्टोमेउले आफूले गरेको बाचा बिर्सिएको बताएका छन् । बार्टोमेउले सिजनको अन्त्यमा आफूलाई भविष्यको बारेमा निर्णय गर्न पाउने बाचा गरे पनि अहिले त्यो बाचा भुलेको मसीले बताए ।











