Kathmandu Press

भोजपुरी अभिनेत्री आम्रपालीलाई बिग बासका लागि अफर

काठमाडौं, भदौ १९ : बिग बासको नयाँ सिजनका लागि भोजपुरी कलाकारलाई अफर हुन थालेको छ। पछिल्लो पटक अभिनेत्री आम्रपालीलाई अफर गरिएको छ।यस अघि...
भोजपुरी अभिनेत्री आम्रपालीलाई बिग बासका लागि अफर

काठमाडौं, भदौ १९ : बिग बासको नयाँ सिजनका लागि भोजपुरी कलाकारलाई अफर हुन थालेको छ। पछिल्लो पटक अभिनेत्री आम्रपालीलाई अफर गरिएको छ।

यस अघि बिग बासमा भोजपुरी स्टार रवि किसन निरहुवा, मनोज तिवारी, सम्भावना सेठ, मोनालिसा, दीपक ठाकुर र खेसारी लाल यादव सहभागी भइसकेका छन्। यस पटक आम्रपालीलाई बिग बासका लागि अफर आएको जनाएको छ।

बिग बास निर्माण समूहले आम्रपालीलाई सहभागिताका लागि अफर गरेको भारतीय मिडियाले जनाएका छन्। उनी भोजपुरी फिल्मकी सुपरस्टार हुन। उनलाई उत्तर प्रदेश र बिहारमा थुप्रैले मन पराउँछन्।

तर, उनले अहिलेसम्म कुनै जबाफ दिएकी छैनन्। निर्माताहरु उनको जबाफको पर्खाइमा रहेको जनाएको छ।

 

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्