सन्दीपको टिम जमैका सेमिफाइनलमा
काठमाडौं, भदौ १९ : नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावास क्यारेबियन प्रिमियर लिग (सिपिएल)को सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान...
काठमाडौं, भदौ १९ : नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावास क्यारेबियन प्रिमियर लिग (सिपिएल)को सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान भएको खेलमा बार्बादोस ट्राइडेन्स गुयाना अमेजोन वारियर्ससँग ६ विकेटले पराजित भएपछि जमैका सेमिफाइनलमा पुगेको हो।
८ खेलमा ७ अंक जोडेको जमैका तालिकामा चौथो स्थानमा छ। २ खेल खेल्न बाँकी रहेको अवस्थामा बार्बादोस र सेन्ट किड्स एण्ड नेविस प्याट्रिओट्सले बाँकी खेल जित्दा पनि जमैकालाई भेट्ने छैनन्। प्रतियोगिताबाट बाहिरिएका बार्बादोसको ४ र प्याट्रिओट्सको ३ अंक छ।
जमैका सेमिफाइनल पुगेसँगै सिपिएलको समेमिफाइलन समिकरण पुरा भएको छ । जमैकासँगै ट्रिनबागो नाइट राइडर्स, गुयाना वारियर्स, सेन्ट लुसिया जुक्स सेमिफाइनल पुगेका छन् ।
ताकिलाका अपराजित रहेको ट्रिनबागो १६ अंकका साथ शीर्ष स्थानमा छ। १२ अंकका साथ गुयाना दोस्रो स्थानमा छ भने १० अंक जोडेको सेन्ट लुसिया जुक्स तेस्रो स्थानमा छ। ट्रिनबागो र जुक्सले २ खेल खेल्न बाँकी छ भने गुयानाले सबैखेल खेलिसकेको छ।
बिहीबार राति नै भएको जमेकाको प्याट्रिओट्सविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो। छैठौं खेलमा जमैकाले प्याट्रिओट्सलाई ३७ रनले पराजित भएको थियो भने सातौं खेलमा उ ट्रिनबागोसँग १९ रनले पराजित भएको थियो।
सन्दीपले ८ खेलमा १० विकेट लिएका छन्। सन्दीप सिपिएलको यो सिजन सर्वाधिक विकेट लिनेको सूचीमा चौथो स्थानमा छन्। सन्दीपले ७ खेलमा २८ ओभरमा बलिङ गर्दै १३६ रन खर्चिएका छन्। उनको इकोनोमी ४ दशमलव ८५ छ।











