Kathmandu Press

नेसन्स कप फुटबलमा जर्मनी र स्पेनले बराबरी खेले

काठमाडौं, भदौं १९ : यूइएफए नेसन्स कप फुटबलमा समूह चरणको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् ।गए राति भएको समूह जीको खेलमा...
नेसन्स कप फुटबलमा जर्मनी र स्पेनले बराबरी खेले

काठमाडौं, भदौं १९ : यूइएफए नेसन्स कप फुटबलमा समूह चरणको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् ।

गए राति भएको समूह जीको खेलमा जर्मनी र स्पेन १–१ को बराबरीसँगै अंक बाँड्न बाध्य भए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलका ५१ औं मिनेटमा जर्मनीले अग्रता लियो । 

टिमो वेर्नरको गोलमा अग्रता लिएको जर्मनीले अन्त्यमा अतिरिक्त समयमा स्पेनका लागि जोसे गायाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

यस्तै गए राति नै भएका अन्य खेलमा वेल्सले फिनल्याण्डमाथि एक शुन्यको जित निकाल्दा रसियाले सर्वियालाई तीन एकले हरायो । यस्तै हंगेरीले टर्कीमाथि एक शुन्यको जित निकाल्यो ।

यस्तै अर्को खेलमा युक्रेनले स्विट्जरल्याण्डलाई दुई एकले हराउँदा स्लोभानिया र ग्रिसविचको खेल गोलरहित बराबरीमा सकियो । 

यस्तै, हंगरीले टर्कीमाथि एक शुन्यको जित निकाल्दा आयरल्याण्डले अन्तिममा गोल गर्दा बुल्गेरीयालाई बराबरीमा रोकेको हो ।  

प्रकाशित मिति: ०८:१२ बजे, शुक्रबार, भदौ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्