Kathmandu Press

एनसेलले ल्यायो ‘नन्स्टप’ अफर

एनसेलले ल्यायो ‘नन्स्टप’ अफर

काठमाडौं, भदौ १८ : एनसेलले आफ्ना फोरजी ग्राहकहरुका लागि ‘नन्स्टप’ अफर ल्याएको छ। 

अब ‘नन्स्टप’ अफर अन्तरर्गत रहेर ग्राहकले मात्र एक सय रुपैयाँमा युट्युब, टिकटक र फेसबुकको लागि डाटा प्याक लिन सक्नेछन्। जुन एक हप्ताका लागि जुनसुकै समयमा लागू हुनेछ। 

साथै एक हप्ता र एक महिनाको प्याक खरिद गर्नेहरुका लागि सबै एपहरु चल्ने गरी थप डाटा समेत बोसन स्वारुप दिइने एनसेलले जनाएको छ। 

यस्तै फेसबुक र युट्युबको कम्बो प्याक करसहित जम्मा एक सय ५० रुपैयाँमा खरिद गर्न सकिनेछ। 

यसै योजना अन्तर्गत रहेर एेनसेलको फोरजी ग्राहकहरुले युट्युब, टिकटक र फेसबुक प्रयोग गर्न ३ हजार ५ सय एमबी डाटा करसहित जम्मा २० रुपैयाँमा खरिद गर्न सकिने व्यवस्था गरेको छ।

प्रकाशित मिति: १८:१५ बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्