Kathmandu Press

प्रभासको फिल्ममा रावण बन्दै सैफ अली खान

काठमाडौं, भदौ १८ : बलिउड अभिनेता प्रभासको मुख्य भूमिका रहने फिल्म आदिपुरुषमा सैफ अली खान पनि देखिने भएका छन्।यहि महिना घोषणा गरिएको यो...
प्रभासको फिल्ममा रावण बन्दै सैफ अली खान

काठमाडौं, भदौ १८ : बलिउड अभिनेता प्रभासको मुख्य भूमिका रहने फिल्म आदिपुरुषमा सैफ अली खान पनि देखिने भएका छन्।

यहि महिना घोषणा गरिएको यो फिल्ममा सैफ रावणको भूमिका देखिने भएका छन्। फिल्म टिमले सैफ पनि जोडिएको घोषणा गरेका छन्।

यसमा रामको भूमिकामा प्रभास देखिनेछन्। त्यस्तै, सीताको भूमिकामा किआरा आडवाणीलाई अनुबन्धन गरिएको जनाएको छ।

यो फिल्म हिन्दीसँगै तमिल, मलयालम, कन्नड र अन्य भाषामा पनि डब गरिने भएको छ। यसको सुटिङ भने हिन्दी र तेलुगुमा गरिनेछ।

आदिपुरुषको निर्देशन ओम राउतले गर्नेछन्। टी सिरिज, ओम राउन, प्रसाद सुतार र राजेश नायर मिलेर फिल्म बनाउन लागेका हुन्।

 

प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्