Kathmandu Press

सात सयले घट्यो सुनको मूल्य

काठमाडौं, भदौ १८ : स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला ७०० ले कमी आएको छ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला...
सात सयले घट्यो सुनको मूल्य

काठमाडौं, भदौ १८ : स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला ७०० ले कमी आएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा ७०० ले कमी आई ९६ हजार ५०० रुपौयाँमा कारोबार भएको छ। बुधबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै तेजाबी सुनमा समेत प्रतितोला ७०० रुपैयाँले कमी आएको छ। बुधबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९६ हजार रुपैयाँमा कारोबार भएको छ।

यस्तै  चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३४५ रुपैयाँमा कारोबार भएको छ। बुधबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्