नेपाली क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन माग

काठमाडौं, भदौं १८ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन माग गरेको छ ।
क्यानले बिहीबार एक सूचना प्रकाशित गर्दै नेपाली राष्ट्रिय टिममा लामो समयदेखि खाली रहेको मुख्य प्रशिक्षक लागि आवेदन माग गरेको हो । उमेश पटवालले राजीनामा दिएयता यो पद खाली छ ।
क्यानले प्रमुख प्रशिक्षक, महाप्रवन्धक, प्रमुख बित्त प्रवन्ध क, क्रिकेट व्यवस्थापक र प्रदेश प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो। क्यानले प्रदेश प्रशिक्षक ७ जना र अन्य पदका लागि एक जनालाई छनोट गर्नेछ ।
योग्यता पुगेका उम्मेदवारले २० दिनभित्र आफ्नो व्यक्तिगत विवरणसहितको निवेदन क्यानको इमेलमा पठाउन सक्नेछन्।
प्रकाशित मिति: ०८:५९ बजे, बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











