Kathmandu Press

दीपेश र रशिलाले रचे नयाँ इतिहास

काठमाडौं, वैशाख ७: सेनाका तामाङ दिदीभाइ रत्नजित र नङ्खशलको एक छत्र राजलाई तोड्दै एपिएफका दीपेश धामी र रशिला महर्जनले नयाँ इतिहास रचेका छन्।&....

दीपेश र रशिलाले रचे नयाँ इतिहास

काठमाडौं, वैशाख ७: सेनाका तामाङ दिदीभाइ रत्नजित र नङ्खशलको एक छत्र राजलाई तोड्दै एपिएफका दीपेश धामी र रशिला महर्जनले नयाँ इतिहास रचेका छन्। 

सेनाका रत्नजित तामाङ्को एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन्। आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्रराजलाई तोड्दै एपिएफका दीपेश धामीले नयाँ इतिहास रचेका हुन्। दाङको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दीपेशले रत्नलाई २१–१६, २१–१४ को सोझो सेटमा पराजित गर्दै इतिहास रचेका हुन्। 

विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो वर्चस्व बनाएका रत्नजित एपिएफका दीपेश धामीसँग यो पटक भने पराजित हुन पुगे। २०६९ सालमा काठमाडौंमा  भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नम्बर एक खेलाडी विकास श्रेष्ठलाई पराजित गर्दै नम्बर एक भएका रत्नले त्यस पश्चात फर्केर हेर्नु परेका थिएन। तर, बेला बेला उनलाई दीपेश धामी र प्रिन्स दाहालले चुनौती दिँदै आएका थिए। यसै प्रतियोगिता अन्तर्गत पुरुष टिम इभेन्ट्सको पुरुष एकलको सेमिफाइनलमा प्रिन्सले तथा फाइनलमा दीपेश धामीले उनलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मने सूचित गरिसकेका थिए। दीपेशले यसअघि रत्नजित तामाङ्खलाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि पराजित गरिसकेका थिए।

यस्तै, नयाँ इतिहास रच्ने क्रममा सेनाकी रशिला महर्जनले नङ्खशललाई १९–२१, २१–१४, २४–२२ ले पराजित गर्दै आफूलाई राष्ट्रिय च्याम्पियनको रुपमा नाम दर्ता गर्न सफल भइन्। १४ वर्षमा दौडी रहेकी उनले हालै मात्र सम्पन्न कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनमा पनि उपाधी हात पारेकी थिइन्।

ब्याडमिन्टनको इतिहासमा राष्ट्रिय च्याम्पियन बन्ने उनी अहिलेसम्मकै कान्छी खेलाडी रहेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी दिए। दीपेश र रशिला हालै सम्पन्न कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनका विजेता समेत हुन्।
 

प्रकाशित मिति: १८:१३ बजे, शनिबार, वैशाख ७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्