Kathmandu Press

रणवीर १३ वर्षपछि संजयलिला भन्सालीको फिल्म आउँदै

काठमाडौं, भदौ १७ : बलिउड अभिनेता रणवीर कपूर १३ वर्षपछि निर्देशक संजयलिला भन्सालीको फिल्ममा खेल्ने भएका छन्।रणवीरले १३ वर्ष अघि भन्सालीको फिल्म सावरियामा...
रणवीर १३ वर्षपछि संजयलिला भन्सालीको फिल्म आउँदै

काठमाडौं, भदौ १७ : बलिउड अभिनेता रणवीर कपूर १३ वर्षपछि निर्देशक संजयलिला भन्सालीको फिल्ममा खेल्ने भएका छन्।

रणवीरले १३ वर्ष अघि भन्सालीको फिल्म सावरियामा खेलेका थिए। जुन उनको डेब्यू फिल्म थियो। त्यसयता उनीहरु सँगै देखिएका थिएनन्।

भन्सालीले निर्देशन गर्न लागेको फिल्म बैजू बाबराको रिमेकमा रणवीर देखिने भएका हुन्। यसमा उन मुख्य भूमिकामा हुनेछन्।

यस विषयमा भन्साली र रणवीरबीच केही दिन अघि छलफल भएको जनाएको छ। रणवीरले काम गर्न समति जनाएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

अहिले भन्साली गंगूबाई काठियावाडीको काम गरिरहेका छन्। यसलगत्तै बैजू बाबराको काम सुरु हुने जनाएको छ।

 

प्रकाशित मिति: १२:०१ बजे, बुधबार, भदौ १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्