Kathmandu Press

सन्दीपको टिम जमैका १९ रनले पराजित

सन्दीपको टिम जमैका १९ रनले पराजित

काठमाडौं, भदौं १७ : ट्रिनिडाड एन्ड टोबागोमा जारी क्यारेबियन प्रियिमर लिगमा नेपाली युवा लेगस्पिन र सन्दीप लामिछानेको टिम जमैका तलावास पराजित भएको छ । मंगलबार राति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भयो । 

प्रतियोगितामा चौथो हारको सामाना गरेको जमैका ६ अंकका साथ चौथो स्थानमा झरेको छ । सेन्ट लुसिया जुक्ससँग समान अंक भएपनि रनरेटमा जमैका पछि छ । प्रतियोगितामा अपराजित रहेको ट्रिनबागो १४ अंकका साथ शीर्ष स्थानमा छ । १० अंक जोडेको सेन्ट लेसिया जुक्स दोस्रो स्थानमा छ ।

ब्रायन लारा क्रिकेट मैदनमा ट्रिनबागोले दिएको १८५ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन मात्र बनाउन सक्यो । 

विशाल लक्ष्य पछ्याउँदा सुरुवातमै विकेट झरेपछि जमैका दबाबमा परेको थियो । उसका चाड्विक वाल्टन गोल्डेन डकआउट भएका थिए । जमैकाका लागि आन्द्रे रसेलले २३ बलमा नकआउट ५० रन बनाए भने ग्लेन फिलिप्सले ३१ बलमा ४१ रनको योगदान दिए । यस्तै एनक्रुम बोनरले २६ र कार्लोस ब्रेथवेटले २१ रन बनाए । ट्रिनबागोका फवाद अमदले २ विकेट लिए । 

टस हारेर पहिला ब्याटिङ गरेको ट्रिनबागोले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १८४ रनको विशाल योगफल बनायो । कोलिन मुन्रोले ५४ बल खेल्दै १० चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६५ रन बनाए । यस्तै, कप्तान केइरन पोलार्डले ३३, सुनिल नारिनले २९ र लिन्डेल सिमोन्सले २५ रन बनाए । 

जमैकाका कार्लोस ब्रेथवेटले २ विकेट लिए भने सन्दीप र फिडेल इडवार्डले समान १ विकेट लिए । किफायति बलिङ गरेका सन्दीपले ४ ओभरमा २० रन खर्चिए । योसँगै उनले प्रतियोगितामा विकेट संख्या १० पुर्‍याएका छन् ।

प्रकाशित मिति: ०७:१८ बजे, बुधबार, भदौ १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्