आईसीसीले पठायो नेपाली क्रिकेटरको एक वर्षको तलब
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यको तलब पठाएको छ। आईसिसीले नेपाली क्रिकेटरको एक वर्षको एकमुष्ट तबल नेपाल...
काठमाडौं, भदौ १६ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यको तलब पठाएको छ। आईसिसीले नेपाली क्रिकेटरको १ वर्षको एकमुष्ट तबल नेपाल क्रिकेट संघ (क्यान)मा पठाएको हो।
आईसिसीले सन् २०१९ को नेपाली क्रिकेटरको तलब सोमबार क्यानका खातामा पठाएको सचिव अशोकनाथ प्याकुरेलले बताए। क्यानको कन्ट्रयाकमा रहेका २२ खेलाडी र १ भिडियो विश्लेषक गरी २३ जनाको तलब आएको उनले जनकारी दिए।
‘आइसिसीले १ वर्षको एकमुष्ट तबल पठाएको छ। सो रकम क्यानको खातामा आउन अझै तीन दिन लाग्छ’, सचिव प्याकुरेले भने, ‘हाम्रो खातामा पैसा जम्मा भएपछि जतिसक्दो चाँडो खेलाडीको खातामा पठाउने छौं।’
क्यानले राष्ट्रिय टिममा रहेका खेलाडीलाई तीन ग्रेडमा राखेको छ, सोही अनुसार आईसिसीले तलब दिन्छ। क्यानको आग्रहमा यो पटक आईसिसी नेपाली खेलाडीको तलब प्रत्येक ग्रेडमा १० हजार रुपैयाँ बढाएर पठाएको छ। अब ए ग्रेडमा रहेका खलाडीले मासिक ४५ हजार, बी ग्रेडमा रहेकाले ३५ र सी ग्रेडका खेलाडीले २५ हजार रुपैयाँ पाउने छन्।
निलम्बन फुकुवा भएपनि क्यानको सम्पूर्ण गतिविधि आईसिसीकै निगरानीमा हुँदै आएको छ। सोही तलब पनि आईसिसीले नै पठाएको हो। यसअघि अघिल्लो वर्ष सन् २०१७ र १८ को एकमुष्ट तलब दिएको थियो।











