Kathmandu Press

अभिनेता खतिवडाको ‘एल हाउस’को ट्रेलर सार्वजनिक

काठमाडौं, भदौ १६ : अभिनेता किशोर खतिवडाले निर्देशन गरेको फिल्म ‘एल हाउस’को ट्रेलर सार्वजनिक भएको छ।कोरोना भाइरसको महामारीको विषयलाई लिएर निर्माण गरिएको  ‘एल...
अभिनेता खतिवडाको ‘एल हाउस’को ट्रेलर सार्वजनिक

काठमाडौं, भदौ १६ : अभिनेता किशोर खतिवडाले निर्देशन गरेको फिल्म ‘एल हाउस’को ट्रेलर सार्वजनिक भएको छ।

कोरोना भाइरसको महामारीको विषयलाई लिएर निर्माण गरिएको  ‘एल हाउस’ खतिवडाले नै लेखेका हुन्। लकडाउनकै समयमा यो फिल्म छायांकन गरिएको छ।

यसमा खतिवडासँग रनिला श्रेष्ठ, दीप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा, गंगा कुँवर, महेन्द्रकुमार राई, पदम सुनार, प्रवेश लिम्बु र वसन्त बर्माको अभिनय रहेको छ।

शत्रुधन अन्सारी र राम महर्जनले निर्माण गरेको फिल्ममा ईश्वर खड्काले संगीत दिएका छन्। कला राईको प्रस्तुति एल हाउसको छायांकन दिवश गुरुङले गरेका हुन्।

यसमा देव महर्जनको द्धन्द्ध, शिषम राईको श्रृङगार, राजन महर्जनको कोरियोग्राफी र सुवास देवकोटाको सम्पादन रहेको छ।

 

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्