नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं, भदौ १६ : सुनको मूल्य मंगलबार नौ सय रुपैयाँले बढेको छ। तीन दिनयता लगतार मूल्य बृद्धि भएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
काठमाडौं, भदौ १६ : सुनको मूल्य मंगलबार नौ सय रुपैयाँले बढेको छ। तीन दिनयता लगतार मूल्य बृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार नौ सय पुगेको छ। सोमबार प्रतितोला ९७ हजारमा कारोबार भएको थियो।
चाँदी पनि ३० रुपैयाँले बढेको छ। सोमबार प्रतितोला एक हजार तीन सय ६५ मा कारोबार भएको थियो भने मंगलबार एक हजार तीन सय ९५ रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
