Kathmandu Press

सन्दीपको टिम आज साँझ पोलार्डको टिमसँगै भिड्दै

काठमाडौं, भदौ १६ : क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आज साँझ सन्दीप लामिछानेको टिम जमैका तलावाजले किरोन पोलार्डको ट्रिनबागो नाइट राइडर्ससँग भिड्दै छ।नेपाली समयअनुसार,...
सन्दीपको टिम आज साँझ पोलार्डको टिमसँगै भिड्दै

काठमाडौं, भदौ १६ : क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आज साँझ सन्दीप लामिछानेको टिम जमैका तलावाजले किरोन पोलार्डको ट्रिनबागो नाइट राइडर्ससँग भिड्दै छ।

नेपाली समयअनुसार, साँझ ७ः४५ बजे हुने यो जमैकाको सातौं खेल हो। यस अघिका ६ खेलमा सन्दीपको टोलीले तीन जितेको छ भने तीन हारेको छ।

सन्दीपको टोली ६ अंकसहित चौथो स्थानमा छ। त्यस्तै, पोलार्डको राइडर्स यसका अघिका सबै ६ खेल जित्दै १२ अंकसहित शीर्ष स्थानमा छ।

यस अघिका खेलमा सन्दीपको प्रदर्शन राम्रो रहेको छ। उनले अहिलेसम्म ६ खेलमा नौ विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा सातौं स्थानमा छन्।

 

प्रकाशित मिति: १४:४५ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्