Kathmandu Press

पवन गिरीको ‘काठमान्डुको साढेसात’ सार्वजनिक

काठमाडौं, भदौ १५ : गायक पवन गिरीको ‘काठमान्डुको साढेसात’ म्युजिक भिडियो सार्वजनिक भएको छ।सामान्य अवस्थामा काठमाडौंको अव्यवस्थित सडक, भिडभाड, धुँवाधुलोले मानिसको दैैनिकीलाई गाह्रो...
पवन गिरीको ‘काठमान्डुको साढेसात’ सार्वजनिक

काठमाडौं, भदौ १५ : गायक पवन गिरीको ‘काठमान्डुको साढेसात’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

सामान्य अवस्थामा काठमाडौंको अव्यवस्थित सडक, भिडभाड, धुँवाधुलोले मानिसको दैैनिकीलाई गाह्रो बनाएको थियो। अहिले महामारीले सन्नाटा छाएको बेला पनि मानिसको दैनिकी अप्ठ्यारो बनको छ। त्यसको एउटै कारण काठमान्डुलाई साढेसातको दशा लागेको भन्ने म्युजिक भिडियोमा देखाईएको गायक गिरीले बताए।

उनी आफै पनि यो गीतको लागि म्युजिक भिडियो खिच्ने क्रममा स्कुटरबाट लडेर हातमा घाइते भएको बताए  हातमा चोट लागेको गायक गिरीले भने ‘यो सबै हुनुमा काठमान्डुलाई लगायत हामी सबैलाई साढेसातको दशा लागेको रहेछ भनेर देखाउन खोजिएको छ।’
गायकले आफ्नै युट्युव च्यानल पवन गिरीबाट म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रम्बो अधिकारीको शब्द रहेको गीतमा कल्याण सिंह र गायक पवनले संगीत भरेका छन्। गीतको एरेन्ज सम्राट न्यौपानेले गरेका छन् भने राज पोखरेलले खिचेको म्युजिक भिडियोलाई प्रतिक ढुंगेलले सम्पादन गरेका हुन्। यो म्युजिक भिडियोको कन्सेप्ट सुजय गौतमको रहेको छ।

प्रकाशित मिति: १८:२९ बजे, सोमबार, भदौ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्