Kathmandu Press

नेप्सेमा २२ अंकले वृद्धि

काठमाडौं, भदौ १५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ। काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएपनि उसले शेयर...
नेप्सेमा २२ अंकले वृद्धि

काठमाडौं, भदौ १५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ। काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएपनि उसले शेयर बजारमा कुनै प्रभाव पारेको छैन।

लगानीकर्ता क्रमशः विद्युतीय प्रणालीमा अभ्यस्त हुन थालेकाले कारोबारमा कुनै पनि उल्झन नआएको हो। बरु दैनिक जसोनै कारोबार रकममा वृद्धि भएको छ । मुलुकको अर्थतन्त्र चलायनमान अवस्थामा रहेको धितोपत्र बजारमा देखिएको उत्साहले संकेत गरेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा २२ दशमलव ३३ अंकको सुधार आएको छ। नेप्से झण्डै एक हजार ५०० को बिन्दु नजिक पुग्न लागेको छ। कूल २२ दशमलव ३३ बिन्दुले नेप्सेमा वृद्धि भई एक हजार ४८४ दशमलव ९९ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ०५ ले वृद्धि भई २९८ दशमलव ३५ मा पुगेको छ। कूल १८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता शेयर तीन अर्ब ४६ करोड २५ लाख ८६ हजार १२५ रुपैयाँ मूल्यमा खरिद बिक्री भए। 

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर वृद्धि भएको छ। होटल उपसमूह ० दशमलव ७७ बिन्दुले घट्दा बैंकिङ ४ दशमलव ९५, व्यापार १८ दशमलव ०५, विकास बैंक १ दशमलव ५, जलविद्युत् ३३ दशमलव ६१, वित्त १ दशमलव १, निर्जीवन बीमा २३३ दशमलव ७, उत्पादन ८८ दशमलव ७१, अन्य ३७ दशमलव ४, लघुवित्त ८ दशमलव ५८, जीवन बीमा २६० दशमलव ३३ र सामूहिक लगानी कोष ० दशमलव ०८ ले वृद्धि भएको छ। 

कारोबारका आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८ करोड ७४ लाख ५७ हजार २२८ रुपैयाँ बराबरको कारोबार भयो। यस्तै नेको इन्स्योरेन्स १७ करोड ७८ लाख १९ हजार ७०४ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १६ करोड ८१ लाख १३ हजार ३१७ रुपैयाँ, शिवम् सिमेन्ट १५ करोड ७१ लाख ७६ हजार ७५९ रुपैयाँ, हिमालयन डिस्टिलरी १५ करोड ३२ लाख ३४ हजार ४२६ रुपैयाँ र सूर्या लाइफ इन्स्योरेन्स १२ करोड ८७ लाख चार हजार ६४८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे। 

स्टकका अनुसार आज नेपाल पुनर्बीमा कम्पनी १०, उन्नति सहकार्य लघुवित्त ९ दशमलव ९४, एनआरएन इन्फ्रास्टकचर ९ दशमलव ९४, सिनर्जी पावर कम्पनी ९ दशमलव ६५, अरुण काबेली पावर ९ दशमलव ४५, रैराङ हाइड्रोपावर ९ दशमलव २८, पाँचथर पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव २४ प्रतिशतले कमाए। 

यस्तै हिमाल दोलखा हाइड्रोपावर कम्पनी ७ दशमलव २९, घोडीघोडा लघुवित्त ४ दशमलव ५८, ओरियण्टल होटल लिमिटेड ३ दशमलव ७२, मितेरी डेभलपमेन्ट बैंक २ दशमलव ६२, गुह्यश्वरी मर्चेन्ट बैंक २ दशमलव ३८ र सिन्धु विकास बैंकका शेयरधनीले २ दशमलव ३८ प्रतिशतले गुमाए। 

प्रकाशित मिति: १८:२२ बजे, सोमबार, भदौ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्