Kathmandu Press

‘सेल्फी हानौँला’ गायकको ‘सार्टनैको चोली’मा सरोज र आश्मा (भिडियो)

काठमाडाैं, भदाै १५ : ‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’ गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को नयाँ रोमान्टिक गीत रिलिज भएको...
‘सेल्फी हानौँला’ गायकको ‘सार्टनैको चोली’मा सरोज र आश्मा (भिडियो)

काठमाडाैं, भदाै १५ : ‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’ गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को नयाँ रोमान्टिक गीत रिलिज भएको छ।

गीतमा अम्बिका गुरूङको शब्द, शंकरको संगीत तथा स्वर रहेको छ भने महिला स्वर दीपा लामाले दिएकी छन्। ‘सार्टनैको चोली’ नामक यो गीतको सार्वजनिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ।

एक समारोहमा कारणवश सहयोगी बनेका सरोजले आश्मालाई मन पराएको र प्रेम दोहोरो हुन गएको भिडियोमा देख्न सकिन्छ। यो भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन् भने गम्भीर विष्टले कोरियोग्राफी गरेका छन्।

आफ्ना पहिलेका गीतहरु जसरी नै यो गीतलाई पनि दर्शक श्रोताले अत्यधिक मन पराउने गायक तथा संगीतकार थापाको विश्वास छ। ‘सेल्फी हानौँला पछि धेरै रमाइला गीतमा काम गरियो। त्योमध्ये यो एक हो। यो गीतबाट धेरै अपेक्षा गरेको छु’, थापाले भने।

यो गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा नविन निरौलाको सम्पादन तथा कलर ग्रेडिङ रहेको छ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: १४:२१ बजे, सोमबार, भदौ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्