Kathmandu Press

‘कमेडी च्याम्पियन सिजन-२’का लागि डिजिटल अडिसन

काठमाडौं, भदौ १५ : ‘कमेडी च्याम्पियन सिजन २’को लागि अडिसन सुरु भएको छ।कोरोना भाइरसको महामारीका कारण यस वर्ष भने डिजिटल अडिनसन हुनेको भएको...
‘कमेडी च्याम्पियन सिजन-२’का लागि डिजिटल अडिसन

काठमाडौं, भदौ १५ : ‘कमेडी च्याम्पियन सिजन २’को लागि अडिसन सुरु भएको छ।

कोरोना भाइरसको महामारीका कारण यस वर्ष भने डिजिटल अडिनसन हुनेको भएको छ । आयोजनकले असोज १४ गतेसम्म डिजिटल अडिसन खुला गरिएको जनाएको छ।

कमेडी च्याम्पियनमा सहभागी हुन चाहने प्रतियोगीले यसको एपमा गई चार मिनेट ५९ सेकेन्डसम्मको भिडियो अपलोड गर्नुपर्नेछ। यहि भिडियोबाट उत्कृष्टहरुलाई प्रतिष्पर्धामा सहभागी गराइने आयोजकले जनाएको छ।

यस पटक पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहेका छन्। त्यस्तै, यसको सञ्चालन रीमा विश्वकर्माले नै गर्नेछिन्।

यस पटक कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको छ। गत सिजनमा हिमेश पन्त विजेता बनेका थिए।

प्रकाशित मिति: १३:०१ बजे, सोमबार, भदौ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्