तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं, भदौ १५ : सुनको मूल्य फेरि उकालो लाग्न थालेको छ। आज फेरि तीन सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार...
काठमाडौं, भदौ १५ : सुनको मूल्य फेरि उकालो लाग्न थालेको छ। आज फेरि तीन सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ भएको छ। आइतबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार पनि तीन सय रुपैयाँले बढेको थियो।
त्यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार पुगेको छ। यसको मूलय आइतबार ९६ हजार सात सय रुपैयाँ रहेको थियो।
चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ। आज प्रतितोला एक हजार तीन सय ६५ रुपैयााँ कारोबार भइरहेको महासंघले जनाएको छ। आयतबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: ११:३२ बजे, सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
