Kathmandu Press

दोस्रो टि–२० मा इंग्ल्यान्ड ५ विकेटले विजयी 

काठमाडौं, भदौं १५ : कप्तान इओन मोर्गन र डेविड मलानले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिम इंग्ल्यान्डले टि–२० सिरिजको दोस्रो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको...
दोस्रो टि–२० मा इंग्ल्यान्ड ५ विकेटले विजयी 

काठमाडौं, भदौं १५ : कप्तान इओन मोर्गन र डेविड मलानले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिम इंग्ल्यान्डले टि–२० सिरिजको दोस्रो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको छ ।

पहिला ब्यटिङ गर्दै पाकिस्तानले दिएको १९६ रनको विशाल लक्ष्य इंग्ल्यान्डले १९.१ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । मोर्गनले ६६ रन बनाए भने मलानले ५४ रनको इनिङ खेले । ३३ बल खेलेका मोर्गनले ६ चौका र छक्का प्रहार गरे भने मलानले ३६ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । 

उनीहरुले तेस्रो विकेटका लागि मोर्गन र मलानले ११२ रनको शतकीय साझेदारी गरेका थिए । यस्तै बेइस्टोले २४ बलमा ४४ रन बनाउँदा बान्टोनले २० रन बनाए । पाकिस्तानका शादब खानले ३ तथा ह्यारिस रउफले २ विकेट लिए । 

यसअघि पाकिस्तानले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । उसका लागि मोहम्मद हाफिज र कप्तान बाबर अजामले अर्धशतकीय इनिङ खेले । हाफिजले ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६९ रन बनाए भने अजामले ४४ बलमा ७ चौकाको सहयोगमा ५६ रन बनाए । यस्तै फखर जमानले ३६ रन बनाए । इंग्ल्यानडका अदिल रसिदले २ विकेट लिए । 

योसँगै तीन खेलको टि–२० सिरिजमा इंग्ल्यान्डले १–०को अग्रता लिएको छ । पहिलो टि–२० वर्षाका कारण रद्द भएको थियो । तेस्रो तथा अन्तिम टि–२० मंगलबार म्यान्चेस्टरमा हुने छ ।

प्रकाशित मिति: ०७:१५ बजे, सोमबार, भदौ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्