कारोबारमा समस्या, नेप्सेको उकालो यात्रा जारी
काठमाडौं, भदौ १४ : नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा आएको समस्यामा कारण धितोपत्र बजारमा शेयर कारोबारमा समस्या देखियो। आज बिहान ११ः०० बजे कारोबार शुरु...
काठमाडौं, भदौ १४ : नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा आएको समस्यामा कारण धितोपत्र बजारमा शेयर कारोबारमा समस्या देखियो। आज बिहान ११ः०० बजे कारोबार शुरु हुने बित्तिकै देखिएको समस्या दिउँसो ३ः०० बजेसम्म जारी रहेको थियो।
समस्या समाधान नहुञ्जेलसम्म नेप्सेले कारोबार समय थप गरेको थियो। नेप्सेले कारोबार समय साँझ ५ः१५ सम्म थप गरेको थियो। थप गरिएको समयमा समेत भएको आजको कारोबारमा नेप्से परिसूचक ४ दशमलव ६४ विन्दुले बढेर एक हजार ४६२ दशमलव ६७ मा पुगेको छ। नेप्से बढे पनि सेन्सेटिभ परिसूचक भने ओरोलो लागेको छ। सेन्सेटिभ परिसूचक ० दशमलव ८० ले घटेर २९६ दशमलव २९ मा पुगेको छ।
कूल १८६ कम्पनीका ३६ लाख ८५ हजार ९६३ कित्ता शेयर एक अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३०० रूपैयाँ मूल्यमा खरिद बिक्री भए। कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ। त्यसमा बैंकिङ ७ दशमलव ४४, विकास बैंक ० दशमलव ४५ र सामूहिक लगानी कोष ० दशमलव ०३ अङ्कले घटे। यस्तै व्यापार १८ दशमलव ०७, होटल ० दशमलव ६३, जलविद्युत् ९ दशमलव ३९, वित्त १ दशमलव ६२, निर्जीवन बीमा ९४ दशमलव ३, उत्पादन २६ दशमलव ५६, अन्य २६ दशमलव १३, लघुवित्त २ दशमलव ३७ र जीवन बीमा २६ दशमलव ३२ अंकले बढेको छ।
स्टकका अनुसार आज कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको३४ करोड ३२ लाख १० हजार २३५ रूपैयाँ बराबरको कारोबार भयो। यस्तै एनआरएन इन्फ्रास्ट्रकचर ११ करोड ८४ लाख ९० हजार १३० रूपैयाँ, नेको इन्स्योरेन्स आठ करोड ४४ लाख ५० हजार १७७ रूपैयाँ र शिवम् सिमेन्ट सात करोड ८९ लाख ८९ हजार ५८० रूपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
यस्तै, कारोबारका आधारमा आज एनआरएन इन्फ्रास्ट्रकचर ९ दशमलव ७६, नेपाल पुनरबीमा कम्पनी ८ दशमलव ६०, सिद्धार्थ इन्स्योरेन्स ८ दशमलव १८, उन्नति सहकार्य लघुवित्त ७ दशमलव ९८, हिमालयन पावर पार्टनर ७ दशमलव ६४ र अरुण काबेली पावरका लगानीकर्ताले ७ दशमलव ६३ प्रतिशतले कमाए। त्यस्तै, तारागाउँ रिजेन्सी होटल ५ दशमलव १६, लक्ष्मी इक्विटी फण्ड ३ दशमलव ६६, मल्पिर्पस फिनान्स कम्पनी ३ दशमलव ५४, युनियन हाइड्रोपावर ३ दशमलव ५१ र वेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले २ दशमलव ९४ प्रतिशतले गुमाए।










-1754206481.jpg)
