Kathmandu Press

प्रज्ञा प्रतिष्ठानद्वारा ऐतिहासिक महत्वका ग्रन्थको पुनःप्रकाशन

काठमाडौं, भदौ १४ : नेपाल प्रज्ञा प्रतिष्ठानले ऐतिहासिक महत्वका ग्रन्थको पुनःप्रकाशन सुरु गरेको छ।प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रसँग सम्बन्धित...
प्रज्ञा प्रतिष्ठानद्वारा ऐतिहासिक महत्वका ग्रन्थको पुनःप्रकाशन

काठमाडौं, भदौ १४ : नेपाल प्रज्ञा प्रतिष्ठानले ऐतिहासिक महत्वका ग्रन्थको पुनःप्रकाशन सुरु गरेको छ।

प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रसँग सम्बन्धित विभिन्न विशेष महत्त्वका तीन दर्जन ग्रन्थको पुनःप्रकाशन सुरु गरेको हो।

प्रतिष्ठानका सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्यायले ‘नेपाल निरूपण’, ‘नेपाल माहात्म्य’, ‘नेपालमा बौद्ध धर्म’, ‘नेपाली निघण्टु, भरतमुनिको नाट्यशास्त्र’, ‘अमरकोश’ र ‘विश्वसाहित्यको रूपरेखा’ पुस्तकलाई पुनःप्रकाशन गर्न लागेको बताए।

त्यस्तै, ‘आइए रिचर्ड्सको साहित्यिक सिद्धान्त’, ‘एरिस्टोटल र उनको काव्यशास्त्र’, ‘कौटलीय अर्थशास्त्र’, ‘जर्ज लुकासको साहित्य सिद्धान्त’, ‘नेपाली साहित्यको इतिहास’, ‘नेपाली साहित्यकोश’, ‘पाश्चात्य काव्यसिद्धान्त’, ‘पूर्वीय काव्यसिद्धान्त’, ‘वाल्मीकि रामायण’ पुनःप्रकाशन गर्ने सूचिमा रहेका छन्। यि पुस्तकको पुनःप्रकाशनको थालनी भएको सदस्य सचिव उपाध्यायले बताए।

विगतमा विद्तवृत्ति र शोधवृत्तिअन्तर्गत लेखाइएका कतिपय महत्वपूर्ण पुस्तक आफूखुशी निजी प्रकाशनगृहबाट छाप्ने गरिएकाले पनि त्यसलाई नियन्त्रण गर्न पुनःप्रकाशन प्रारम्भ गरिएको उनको भनाइ छ।

 

प्रकाशित मिति: १४:१८ बजे, आइतबार, भदौ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्