आर्सनलले जित्यो कम्युनिटी शिल्ड फुटबलको उपाधि
काठमाडौं, भदौं १४ : लिभरपुललाई पाखा लगाउँदै आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि हात पारेको छ ।वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा प्रिमियर लिग बिजेता...
काठमाडौं, भदौं १४ : लिभरपुललाई पाखा लगाउँदै आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि हात पारेको छ ।
वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा प्रिमियर लिग बिजेता लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो । खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट नतिजा निस्केको हो ।
खेलको १२औं मिनेटमा आबुमियाङको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ७३औं मिनेटमामिनामिनोले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काएका थिए । पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए ।
लिभरपुलका मोहमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरे । युवा खेलाडी रिहन ब्रेउ स्टर गर्न गोल गर्नबाट चुके र आर्सनलले उपाधि हात पार्यो । यो सँगै आर्सनलले १६औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो ।
प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् ।











