Kathmandu Press

धनकुटाको किबीबाट बन्यो प्रिन्सेस बाइन, बजारमा आउँदै 

इटहरी, भदौ १२ : माउण्ट एभरेष्ट वाइनरीले धनकुटाको किबी फलबाट बनेको प्रिन्सेस वाइन बजारमा ल्याउने भएको छ। कम्पनीले लकडाउनको बीचमै वाइन बजारमा ल्याउने...
धनकुटाको किबीबाट बन्यो प्रिन्सेस बाइन, बजारमा आउँदै 

इटहरी, भदौ १२ : माउण्ट एभरेष्ट वाइनरीले धनकुटाको किबी फलबाट बनेको प्रिन्सेस वाइन बजारमा ल्याउने भएको छ। कम्पनीले लकडाउनको बीचमै वाइन बजारमा ल्याउने भएको हो। 

कम्पनीका प्रबन्ध निर्देशक विष्णु बास्तोलाले किबी फलसँगै अन्य फलफूलबाट वाइन उत्पादन गरेर बजारिकरण गर्ने तयारी भइरहेको बताए। वाइन केही दिनमै नेपालको प्रमुख सहरमा पु¥याउन लागिएको छ। 

नेपाली युवा युवतीलाई लक्षित गरि उत्पादन गरेको वाइन अन्य वाइन भन्दा फरक रहेको कम्पनीले जनाएको छ। 

धनकुटाको राजारानीमा माउण्ट एभरेष्ट वाइनरी उद्योग स्थापना भएसँगै स्थानीय कृषकसमेत लाभान्वित भएका छन्। रातो र सेतो वाइन बजारमा लौजाने तयारी भएको कम्पनीका अध्यक्ष हरेराम साहले बताए।

प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, भदौ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्