सात सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, भदौ १२ : सुनको विस्तारै ओरालो लाग्न थालेको छ। आज प्रतितोला सात सय रुपैयाँले घटेको छ।
शुक्रबार छापावाला सुन प्रतितोताला ९६ हजार नौ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ६ सयमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार चार सय पुगेको छ। बिहीबार प्रतितोला ९७ हजार एक सयमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ४० रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित मिति: १२:२९ बजे, शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
