पल र पूजाको ‘पहिलो पल्ट भेट हुँदा’ सार्वजनिक
काठमाडौं, भदौ १२ : अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको ‘पहिलो पल्ट भेट हुँदा’ म्युजिक भिडियो सार्वजनिक भएको छ।यो म्युजिक भिडियोमा पूजा...
काठमाडौं, भदौ १२ : अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको ‘पहिलो पल्ट भेट हुँदा’ म्युजिक भिडियो सार्वजनिक भएको छ।
यो म्युजिक भिडियोमा पूजा र पलको जोडी जमेको छ। दिनेश थपलियाको गीतमा उनीहरु केमेस्ट्री मिलेको छ।
यसमा गीतमा सरोज ओली र रचना रिमालले स्वर दिएका छन्। यसमा अर्जुन पोखरेलले संगीत भरेका छन्।
कविराज गहतराजले निर्देशन गरेको म्युजिक भिडियोको नवराज उप्रेतिले छायाँकन तथा अमन मानन्धरले सम्पादन गरेका हुन्।
प्रकाशित मिति: १२:०९ बजे, शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












