रोनाल्डोले जिते ‘गोल अफ दि सिजन’ अवार्ड
काठमाडौं, भदौं १२ : इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर एवं पोर्चुगिज फुटबल स्टार रोनाल्डोले ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड जितेका छन् ।युरोपियन क्लब...
काठमाडौं, भदौं १२ : इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर एवं पोर्चुगिज फुटबल स्टार रोनाल्डोले ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड जितेका छन् ।
युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार घोषणा गरेको च्याम्पियन्स लिगको ‘गोल अफ दि सिजन’ मा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो ।
च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको खेलमा लियोनविरुद्ध रोनाल्डोले गरेको गोललाई उत्कृष्ट ठहर्याइएको हो । रोनाल्डोले डि बक्स बाहिरबाट देब्रे खुट्टाले उत्कृष्ट गोल गरेका थिए । उक्त खेलमा युभेन्ट्सले २-१ ले जितेको थियो ।
अवार्ड जित्ने क्रममा रोनाल्डोको गोलले सर्वाधिक मत प्राप्त गरेको थियो । रोनाल्डोले उक्त गोलबाट अवार्ड जिते पनि युभेन्ट्स क्वार्टरफाइनलमा पुग्न भने पाएन ।
प्रकाशित मिति: ०७:१२ बजे, शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











