Kathmandu Press

सुगमसँगै प्रारम्भले भने ‘धन्यवाद’

सुगमसँगै प्रारम्भले भने ‘धन्यवाद’

काठमाडौं, भदौ ११ : गायक प्रारम्भ भण्डारीले पहिलो गीत सार्वजनिक गरेका छन्। प्रारम्भले लोकप्रिय गायक सुगम पोखरेलसँग मिलेर आफ्नो पहिलो गीत धन्यवाद सर्वाजनिक गरेका हुन्। ‘धन्यवाद’मा सुगम पोखरेलको शब्द तथा सङ्गीत रहेको छ। 

बिहीबार  प्रारम्भ भण्डारीको  युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ। गीतले संसारभर संकट निम्त्याएको कोरोना भाइरस जस्तो विपदमा हरेस नखाई लड्नुपर्ने सन्देश दिएको छ। 

भय र त्रासको यो समयमा पनि रातदिन नभनि खटिरहेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मीहरु र सम्पूर्ण फ्रन्टलाइन वर्कर्सलाई यस गीतमार्फत धन्यवाद दिइएको छ। गीतको भिडियो निर्देशन एलिन श्रेष्ठले गरेका हुन्।

प्रकाशित मिति: १३:०० बजे, बिहीबार, भदौ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्