शेयरमा उछाल कायमै, नेप्सेमा २१ अंकको वृद्धि

काठमाडौं, भदौ १० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उल्लेख्य अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमदव १० अंकले बढेर एक हजार ४६२ दशमदव ०३ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ४ दशमदव ७७ ले वृद्धि भई २९८ दशमदव ७४ मा पुगेको छ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू गरिएपनि बजारमा त्यसले कुनै प्रभाव पारेको छैन। कूल १८६ कम्पनीको ५८ लाख ८२ हजार १०१ कित्ता शेयर दुई अर्ब ६५ करोड ६१ लाख ६३ हजार ७३० रुपैयाँमा कारोबार भए।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर ओरालो लागेका छन् भने १० उपसमूहको शेयरमा भने वृद्धि भएको छ। व्यापार १ दशमदव १३ र जीवन बीमा १७ दशमदव ९७ अंकले घटेको छ। बैंकिङ २२ दशमदव ९३, होटल ३ दशमदव ४, विकास बैंक २५ दशमदव ०४, जलविद्युत् ११ दशमदव २५, वित्त १ दशमदव २७, निर्जीवन बीमा ५१ दशमदव ६२, उत्पादन ७ दशमदव ३५, अन्य १७ दशमदव २९, लघुवित्त ४१ दशमदव १४ र सामूहिक लगानी कोष ० दशमदव १६ ले वृद्धि भएको छ।
स्टकका अनुसार कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको कूल ३४ करोड ९२ लाख ५४ हजार ८२३ रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, नेको इन्स्योरेन्स १३ करोड ७८ लाख ७७ हजार २४५ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १२ करोड ५२ लाख १० हजार ४८३ रुपैयाँ, एनआइसी एशिया बैंक १० करोड ४० लाख ९६ हजारर ७६ रुपैयाँ र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको आठ करोड २९ लाख ८५ हजार ७६४ रुपैयाँ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेको छ।
नेपाल फाइनान्स कम्पनी ७ दशमदव ४७, नेपाल पुनरबीमा कम्पनी ५ दशमदव ९५, स्वाभिमान लघुवित्त ५ दशमदव ३५, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर ५ दशमदव ०४ र प्रभु बैंकका लगानीकर्ताले ४ दशमदव ८० प्रतिशतले कमाएका छन्। त्यस्तै, समृद्धि फाइनान्स ९ दशमदव ७९, गुह्यश्वरी मर्चेन्ट बैंक ३ दशमदव ९४, आँखु खोला जलविद्युत् कम्पनी ३ दशमदव ६४, अरुण काबेली हाइड्रोपावर ३ दशमदव ३१ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ३ दशमदव २८ प्रतिशतले गुुमाएका छन्।










-1754206481.jpg)
