Kathmandu Press

एक सातादेखि सुनको मूल्यमा लगातार गिरावट

एक सातादेखि सुनको मूल्यमा लगातार गिरावट

काठमाडौं, भदौ १० : नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको हो।
 
गत बुधबार प्रतितोला एक लाख ४०० रुपैयाँ पुगेको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ। एक सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार ६०० ले घटेको छ। महांघकाअनुसार आज पनि छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ। बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँ तोकिएको छ। 

मंगलबार छापालावा सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ थियो। यस्तै चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेर तोलाको एक हजार ३१० रुपैयाँ पुगेको छ।
 
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ। पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो। नेपाली बजारमा गत साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख तीन हजार रुपैयाँ पुगेको थियो।

प्रकाशित मिति: १३:०३ बजे, बुधबार, भदौ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्