Kathmandu Press

बलिउड अभिनेता सैफ अलि खानको आत्मवृत्तान्त आउँदै

बलिउड अभिनेता सैफ अलि खानको आत्मवृत्तान्त आउँदै

काठमाडौं, भदौ १० : बलिउड अभिनेता सैफ अलि खानको आत्मवृत्तान्त आउने भएको छ।

बलिउडामा २० वर्षदेखि सक्रिय सैफ अहिले आत्मवृत्तान्त लेखिरहेको जनाएको छ। अर्को वर्ष प्रकाशन हुने पुस्तकका लागि हार्पर कलिन्ससँग सम्झौता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसमा उनी फिल्मसँगै व्यक्तिगत जीवनबारे पनि खुलस्त पार्ने जनाएको छ। यसँसगै परिवार, सफल तथा असफलताबारे पनि पुस्तकमा पढ्न पाइनेछ।

उनले भनेका छन्, ‘धेरै कुरा परिवर्तन भए र समयसँगै यदि हामीले यसलाई दस्तावेजमा परिणत गरेनौं भने याद, यात्रा, उतार–चढावसँग जोडिएका कुरा कतै हराउनेछन्। यसै कारण आत्मवृत्तान्त प्रकाशन गर्ने निर्णय गरेको छु।’

 

प्रकाशित मिति: ११:३९ बजे, बुधबार, भदौ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्