Kathmandu Press

के ट्रम्प दोस्रो कालका लागि राष्ट्रपतिमा निर्वाचित होलान ?

काठमाडौं,  भदौ ७ : अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पला

के ट्रम्प दोस्रो कालका लागि राष्ट्रपतिमा निर्वाचित होलान ?

काठमाडौं,  भदौ ७ : अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले चुनौती दिइरहेका छन्।

जो बाइडन, पूर्व राष्ट्रपति बराक ओबामा राष्ट्रपति हुँदाका दुवै कार्यकालका उपराष्ट्रपतिका हुन्। यद्पी उनी अमेरिकाको राजनीतिमा १९७० को दशक देखिनै सक्रिय छन्।

मतदानको मिति नजिकिदै जाँदा अमेरिकामा भएका विभिन्न कम्पनीहरु चुनावी सर्भेक्षणमा जुटेका छन्। सबैको ध्यान चुनाव भन्दा पहिले हुने यीनै सर्भेक्षणमा केन्द्रित छ। ट्रम्पले दोस्रो कार्यकाल चुनाव के गर्लान भन्ने धारणा बुझ्न ओपिनियन पोलमा सबै उत्सुक छन्।

Hardik ivf

दुवै उम्मेदवारले कस्तो छाप छोडिरहेका छन् ?

अमेरिकामा राष्ट्रियस्तरमा  हुने ओपिनियन पोलले कुन उम्मेदवार  कति लोकप्रिय छ भन्ने देखाउँछ। यद्यपी यसले राष्ट्रपति चुनावको असली नतिजाको संकेत भने दिँदैन। सन् २०१६ को राष्ट्रपति निर्वाचनमा राष्ट्रियस्तरका लगभग सबै सर्भेक्षणमा हिलारी क्लिन्टन डोनाल्ड ट्रम्प भन्दा तीन लाख भोटले अघि देखिएकी थिइन्।

तर, मतपरिणाममा उनी ट्रम्पसँग पराजित भइन्। किनकी अमेरिकामा इलेक्टोरल कलेजको मतले नै राष्ट्रपति जिताउने पद्धती छ।

त्यहाँ लोकप्रिय मत धेरै ल्याउँदैमा राष्ट्रपति चुनाव जित्न पर्याप्त हुँदैन। यो शर्त हटाउने हो भने बाइडन अहिले अधिकांश सर्भेक्षणमा राष्ट्रपति डोनाल्ड ट्रम भन्दा अघि देखिएका छन्।

केही साता अघि भएको एउटा सर्वेक्षणले बाइडनलाई करिब ५० प्रतिशत मतदाताको समर्थन रहेको देखाएको थियो। राष्ट्रपति ट्रम्प भन्दा उनलाई करिब ८ अंकको अग्रता मिलेको छ। तर, पछिल्ला केही दिन यता भने ट्रम्प समर्थकको संख्यासमेत बढिरहेको छ।

कुन राज्यले चुनावको नतिजामा प्रभाव पार्छ ?

अहिलेको तुलनामा सन् २०१६ मा ओपिनियन पोलमा स्पष्ट नतिजा देखिएको थिएन। त्यो समय डोनाल्ड ट्रम्प र उनकी प्रतिद्वन्दी हिलारी क्लिन्टनकाबीचमा केही अंकको मात्रै फरक थियो। खासगरी चुनाव नजिकिँदै गर्दा यी पोलको दुरी कम हुँदै गएको थियो।

सन् २०१६ मा हिलारी क्लिन्टनलाई चुनाव हारेपछि यसको महसुस भएको थियो। कोही प्रत्याशीले कति भोट ल्याउँछन्, यो कुरा धेरै महत्वपूर्ण होइन्। महत्वपूर्ण त नतिजा तय गर्ने राज्यबाट कति भोट आउँछ भन्ने हो।

अधिकांश राज्यले हरेक राष्ट्रपति निर्वाचनमा एकै किसिमले मतदान गर्छन्। यसको अर्थ केही राज्य छन्, जहाँ कुनै पनि प्रत्याशीले जित्ने सम्भावना हुन्छ।
केही यस्ता राज्य छन्, जसले राष्ट्रपतिको चुनाव जिताउने र हराउने कुराको तय गर्छन्। मिसिगन, पेन्सिल्भेनिया र विस्कोन्सिन राज्यलाई अमेरिकी राजनीतिमा ‘ब्याटल ग्राउन्ड स्टेट’ भनिन्छ।

अमेरिकाले इलेक्टोरल कलेज सिस्टमका माध्यमबाट राष्ट्रपति चुन्ने गर्छ। यही सिस्टम अनुसार जनसंख्याका हिसाबले इलेक्टोरल कलेजको भोट निर्धारण गरिएको हुन्छ। अमेरिकामा इलेक्टोरल कलेजका ५ सय ३८ भोट हुन्छ। राष्ट्रपति चुनाव जित्नका लागि कुनै पनि उम्मेदवारका लागि इलेक्टोरल कलेजका २ सय ७० भोट ल्याउन आवश्यक हुन्छ।

ब्याटल ग्राउन्ड स्टेटमा को अघि छ ?

अहिले ‘ब्याटल ग्राउन्ड स्टेट’मा बाइडन अघि देखिन्छन्। तर अझै पनि मदतानको मिति आउन धेरै समय छ। अवस्था जुन सुकै बेला तीव्ररुपमा परिवर्तन हुन पनि सक्छ। खासगरी चुनावको मैदानमा ट्रम्प जस्ता उम्मेदवार हुँदा यो सम्भावना झन धेरै हुन्छ। ओपिनियन पोलले मिसिगन, पेन्सिल्भेनिया र विस्कोन्सिनमा बाइडन धेरै अघि रहेको देखाएका छन्। सन् २०१६ मा ट्रम्पले यी औद्योगिक राज्यमा हिलारी क्लिन्टनलाई मुस्किलले जितेका थिए। यी राज्यमा उनले हिलारी भन्दा एक प्रतिशत वा त्यो भन्दा कम भोट ल्याएका थिए। तर ट्रम्प यीनै ब्याटल ग्राउन्ड राज्यमा भारी मतले विजयी बनेका थिए। अहिले ट्रम्पको टिमलाई यही कुराको चिन्ता छ की ट्रम्पले भारी मतले जितेका राज्यमा बाइडन अघि देखिएका छन्।

सन् २०१६ मा आयोवा, ओहायो र टेक्सासमा ट्रम्पको जितको अन्तर ८ देखि १० प्रतिशत थियो। तर अहिले यो पटक ट्रम्प र बाइडनबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। पोलको नतिजाबाट यो बुझिन्छ कि ट्रम्पले आफ्नो चुनाव जित्न अभियानको टिमको म्यानेजर जुलाई महिनामा किन परिवर्तन गरे। उनले बारम्बार यी सर्भेक्षणलाई  ‘फेक पोल्स’ भनिरहेका छन्। यद्यपी सट्टा बजारमा अहिले पनि ट्रम्पको हारमा दाउ लगाउनेहरुको संख्या न्युन छ।

कोरोना भाइरस र ट्रम्पको लोकप्रियता

कोरोना भाइरसको महामारी यो वर्षको सुरुवात देखिन नै अमेरिकामा चर्चाको शिखरमा छ। महामारीसँग जुध्ने राष्ट्रपति ट्रम्पको शैलीलाई लिएर अमेरिकी जनता विभाजित देखिन्छन्। जब मार्च महिनाको मध्यमा ट्रम्पले राष्ट्रिय आपतकालको घोषणा गरेका थिए र राज्यहरुलाई भाइरसको प्रकोप रोक्नका लागि ५० अर्ब डलर सहयोगको घोषणा गरेका थिए। उनको यो कदमलाई करिब ५५ प्रतिशत अमेरिकीले प्रसंशा गर्दै समर्थन गरेका थिए।

तर, त्यसपछि डेमोक्रेटिक पार्टीका समर्थन उनको पक्षमा देखिएका छैनन्। यद्यपी कोरोना भाइरसका मामलामा रिपब्लिकन पार्टीका समर्थक राष्ट्रपतिसँगै उभिएका छन्। कोरोना भाइरससँग जुध्नेबारेमा अमेरिकी जनताको धारणा बताउने सबैभन्दा पछिल्लो सर्भेक्षणका अनुसार अहिले ट्रम्प समर्थकले समेत उनको शैलीलाई लिएर प्रश्न गर्न थालेका छन्।
किनकी अमेरिकाको दक्षिणी  र पश्चिमी राज्यहरु दोस्रो पटक महामारीसँग जुधिरहेका छन्। यी विषयले जुलाईको सुरुवाती सातामा ट्रम्पका रिपब्लिकन समर्थकहरु ७८ प्रतिशतमा घटेका थिए।

यी तथ्यांकले समेत ट्रम्पले पछिल्ला दिनमा कोरोना भाइरसका विषयमा जनतालाई आश्वस्त बनाउन सकेका छैनन्। उल्टै ट्रम्पले भनिरहेका छन्, ‘अमेरिकाको हालत सुधार हुनुभन्दा पहिला अझै खराब हुन सक्छ।’

हालै ट्रम्प पहिलो पटक फेस मास्क लगाएर जनताकाबीचमा देखिए। उनले जनतालाई समेत मास्क लगाउन अपिल गरेका छन्। उनले भनेका छन्, ‘भाइरसविरुद्ध मास्कको प्रभाव राम्रो हुन्छ। र यही नै देशभक्ती हो।’ तर अमेरिकामा कोरोना संक्रमण हुँदाका सुरुका चरणमा ट्रम्पले मास्कको विरोध गरेका थिए। उनले कोरोना भाइरसलाई चिनियाँ भाइरसभन्दै अरोप लगाउने मात्रै काम गरेका थिए।

वाशिंटन यूनिभर्सिटीको विशेषज्ञहरुको एक प्रक्षेपण अनुसार एक नोभेम्बर अर्थात मतदान हुनुभन्दा ठिक दुई दिन पहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण २ लाख ३० हजार भन्दा धेरै मानिसको ज्यान जानेछ।

के यी सर्भेक्षणमाथि भरोसा गर्न सकिन्छ ?

ट्रम्पले बारम्बार चुनाव पूर्व भइरहेका यी ओपिनियन पोल्सलाई सन् २०१६ को चुनावको उदाहरण दिएर खारेज गर्न भनेका छन्। उनले त्यो बेला यी पोल गलत सावित बनेको दाबी गर्ने गर्छन्। तर यो दाबी पूर्णरुपमा सत्य भने होइन।

सन् २०१६ मा अधिकांश राष्ट्रिय सर्भेक्षणमा हिलारी क्लिन्टनलाई केही प्रतिशत अंकका साथ अघि देखाइएको थियो। यसको मतलब यो  होइन कि ती पोल पुरै गलत थिएनन्। यो कुराको पुष्टि यी आँकडाबाट पनि गर्न सकिन्छ कि क्लिन्टनले ट्रम्प भन्दा ३० लाख धेरै भोट ल्याएकी थिइन्। यद्यपी सन् २०१६ मा ओपेनियन पोल गर्नहरुले समेत गल्ती गरेका थिए। किनकी ती सर्भेक्षणमा बिना कलेज डिग्री गर्ने भोटरलाई उचित तरिकाले प्रतिनिधित्व गराइएको थिएन।

यसको मतलब धेरै ब्याटल ग्राउन्ड राज्यमा ट्रम्पको अग्रता यी ओपेनियन पोल्समा धेरै दिनसम्म समावेश गरिएको थिएन। केही ओपेनियन पोलमा त ट्रम्पका ती समर्थकको प्रतिनिधित्व अन्तिमसम्म पनि गराइएको थिएन। तर अधिकांश पोलिङ कम्पनीले यो कमीलाई अहिले सुधार गरेका छन्। तर यो पटक अमेरिकी राष्ट्रपतिको चुनावमा पछिल्लो पटक भन्दा धेरै अनिश्चितता छ। यसको कारण कोरोना भाइसरको महामारी र यसबाट अर्थव्यवस्थामा परेको प्रभाव हो।

अहिले नै भन्न सकिँदैन कि कोरोना भाइरसको प्रकोपको असर नोभेम्बरमा मानिसहरुको भोटिङ प्याटर्नमा कस्तो र कति पर्छ। त्यसैले चुनाव भन्दा पहिला भइरहेका यी सबै ओपिनियन पोललाई एक हदसम्म शंकाको दृष्टीबाटै हेर्नु राम्रो हुनेछ। किनकी अझै पनि मदतानको समय अझै तीन महिना टाढा छ।

बीबीसी हिन्दीबाट नेपाली अनुवाद

प्रकाशित मिति: १५:२५ बजे, आइतबार, भदौ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्