Kathmandu Press

आज स्वदेश फर्किदै यू–१९ क्रिकेट टोली

काठमाडौं, वैशाख ६ : यू–१९ विश्वपक छनोट प्रतियोगिताका लागि मलेसिया पुगेको नेपाली टोली आज स्वदेश फर्किदै छ।

वर्षाका कारण खेल रोकिँदा डकव....

आज स्वदेश फर्किदै यू–१९ क्रिकेट टोली
फाइल फोटो

काठमाडौं, वैशाख ६ : यू–१९ विश्वपक छनोट प्रतियोगिताका लागि मलेसिया पुगेको नेपाली टोली आज स्वदेश फर्किदै छ।

वर्षाका कारण खेल रोकिँदा डकवर्थ लुईस विधिका आधारमा नेपाल यूएईसँग एक रनले पराजित भएको थियो। जसका कारण नेपालको यू–१९ विश्वकप यात्रा टुङ्गिएको थियो।

एशिया क्षेत्रबाट समूह विजेता बन्दै यूएई यू–१९ विश्वकपका लागि छनोट भएको छ।

नेपाली टोली आज बेलुकी ६ बजे आउँदै छ । व्यवस्थापक रमन सिवाकोटीका अनुसार, मेलसिया एयरलाइन्सबाट नेपाली टोली स्वदेश फर्किदै छ।

नेपालले अन्य चार खेलमा भने फराकिलो जित हासिल गरेको थियो। प्रतियोगितामा नेपाल समूहको दोस्रो स्थानमा रहेको छ।

 

प्रकाशित मिति: ११:१७ बजे, शुक्रबार, वैशाख ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्