Kathmandu Press

बजारमा कमसल हेल्मेट, एनएस अनिवार्य गरिँदै

काठमाण्डौं, वैशाख ६ : दुई पांग्रे सवारी साधन चालकका लागि उत्पादन गरिएका अधिकाँस हेल्मेट कमसल भएको पाइएको छ। जसका कारण दुर्घटना हुँदा चालकले ज्यान गुमा....

बजारमा कमसल हेल्मेट, एनएस अनिवार्य गरिँदै

काठमाण्डौं, वैशाख ६ : दुई पांग्रे सवारी साधन चालकका लागि उत्पादन गरिएका अधिकाँस हेल्मेट कमसल भएको पाइएको छ। जसका कारण दुर्घटना हुँदा चालकले ज्यान गुमाउनु परेकाे देखिएपछि नेपाल गुणस्तर लागू गर्न थालिएकाे छ।

बजारमा बिभिन्न ब्रान्डका गुणस्तर नपुगेका हेल्मेट आउन थालेकाले मापदण्ड बनाउनु परेको विभागले जनाएको छ । कतिपय हेल्मेट प्रयोग गर्दा कान नसुन्ने, हावा पस्नेलगायतका समस्या आउने गरेको पाइएको निर्देशक मनोजकुमार उपाध्यायले बताए।

Hardik ivf

दुर्घटना हुँदा हेल्मेट पहिले झर्ने तथा फुट्ने गरेका कारण धेरै चालकको मृत्यु हुने गरेको पाइएको उनले बताए । ‘चालककाे सुरक्षालाई ध्यानमा राखेर मापदण्ड तोक्नु पर्ने भएको हो,’ उनले भने।

अहिले बजारमा बिक्री भइरहेका अधिकांस हेल्मेट विदेशी कम्पनीका उत्पादन छन्। नेपालमा सिमित उद्योगले मात्र हेल्मेट उत्पादन गर्ने भएकाले मापदण्ड तोक्नु पर्ने अवस्था आएको विभागले जनाएको छ।

नेपाल गुणस्तर तथा नाप तौल विभागले अब हेल्मेटमा पनि अनिवार्य रुपमा गुणस्तर (एनएस) लागू गर्ने भएको हो। यसका लागि विभागले हेल्मेटमा गुणस्तर चिह्न (एनएस) प्राप्त गर्नका लागि आवश्यक मापदण्ड बनाएको छ।

विभागले गुणस्तरको मापदण्ड बनाएको विभागका निर्देशक मनोज उपाध्यायले बताए। मापदण्डलाई सरकारले स्वीकृत गर्ने बित्तिकै लागू गरिने उनको भनाइ छ।

‘हामीले आवश्यक मापदण्ड बनाएर सरकार समक्ष पेश गरेका छौं, अब सरकारले अनिवार्य रुपमा गर्नुपर्छ भनेर निर्देशन दिए पश्चात् एनएस चिह्न दिन थाल्छौं,’ उनले भने।

अहिलेसम्म कुनै पनि उद्योगीले हेल्मेटका लागि गुणस्तर चिह्न लिएका छैनन्।

एनएस चिह्न प्रदान गर्दा उपभोक्तालाई पनि हेल्मेट प्रयोग गर्न सजिलो हुने विभागको ठम्याइ छ।

 

प्रकाशित मिति: १०:४९ बजे, शुक्रबार, वैशाख ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्