Kathmandu Press

वाणिज्य बैंकको शेयरमा देखियो आकर्षण, बजार ‘इन्ट्राडे हाई’ मा बन्द

काठमाडौं, वैशाख ५ : बिहीबारको अन्तिम विन्दू र उच्च विन्दू एउटै भएकाले बजार ‘इन्ट्राडे हाई’मा बन्द भएको छ। ऋाज अन्तिम समयमा खरिदकर्ता निकै ....

वाणिज्य बैंकको शेयरमा देखियो आकर्षण, बजार ‘इन्ट्राडे हाई’ मा बन्द
फाइल फोटो

काठमाडौं, वैशाख ५ : बिहीबारको अन्तिम विन्दू र उच्च विन्दू एउटै भएकाले बजार ‘इन्ट्राडे हाई’मा बन्द भएको छ। ऋाज अन्तिम समयमा खरिदकर्ता निकै सक्रिय भएपछि बजार वृद्धि हुँदै बन्द भएको थियो। ‘इन्ट्राडे हाई’ मा बजार बन्द हुनुलाई सकारात्मक प्रवृत्ति मानिन्छ।

वाणिज्य बैंकको उपसूचकमा सर्वाधिक वृद्धि देखिएसँगै बिहीबार समस्त बजारले सकारात्मक प्रवृत्ति देखाएको थियो। केही समयदेखि वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको निकै धेरै नै चासो देखिएको छ। आज सबैभन्दा धेरै फाइनान्स उपसूचकमा गिरावट देखियो।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५ दशमलव २२ ले वृद्घि भएर १२३२ दशमलव २६ को विन्दूमा पुगेको छ। आज दोस्रो बजार परिसूचकमा १ दशमलव २५ प्रतिशतको वृद्घि देखिएको छ। आज दोस्रो बजार १२१७ दशमलव ०४ को विन्दूमा खुलेको थियो भने १२३२ दशमलव २६ को उच्च विन्दूसम्म पुगेको थियो। 
आज बजारको न्यून विन्दू १२१४ दशमलव ९५ थियो। आज दिन भरमा ७५ करोड १२ लाख बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने घटेको छ।

Hardik ivf

आजको बजारको अवस्था :

आज सर्वाधिक कारोबार हुने :

आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। कुमारी बैंक लिमिटेडको ८ करोड ५८ लाख बराबरको शेयर किनबेच भएको छ। कुमारी बैंकको २ आर्थिक वर्षको लाभांस प्राप्त गर्नलाई शेयर किन्ने अन्तिम दिन भएकाले आज अत्याधिक कारोबार भएको हो।

आज सर्वाधिक कमाउने र गुमाउने :

आज नेपाल एस.बी.आई. बैंक लिमिटेडका शेयरधनीले सर्वाधिक ६ दशमलव ६५ प्रतिशतले कमाए भने र माउण्टेन हाइड्रोका शेयरधनीले सर्वाधिक ५ दशमलव ९४ प्रतिशतले गुमाए। 

लाभांश र साधारण सभा गतिविधि

- लाभांस प्रस्तावविना नै नेपाल बैंकले वैशाख २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख ९ गते बुक क्लोज गर्दैछ। वैशाख ८ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन्। 

-केही समयअघि नेपाल राष्ट्र बैंककै आदेशबाट रोकिएको छिमेक लघुवित्त वित्तीय संस्थाको लाभांस अहिले भने नेपाल राष्ट्र बैंकले पुनः स्वीकृति दिएको छ।  कम्पनीको १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव अब साधारण सभामा पेश हुनेछ।

भोलिका प्रमुख गतिविधि 

- सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले वैशाख ६, २०७६ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएका छन्। सान्जेनले सर्वसाधारणलाई ४९ लाख ८२ हजार २ सय ५० कित्ता शेयर निष्काशन गर्दैछ भने रसुवागढी हाइड्रोपावरले सर्वसाधारणलाई ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता शेयर निष्काशन गर्दैछ। वैशाख १० गतेसम्ममा माग अनुसार आवेदन नपरेको खण्डमा जेठ ५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ।  

प्राविधिक विश्लेषण

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो। बिहीबार बजार १२३२ दशमलव २६ विन्दूमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा १ दशमलव २५ प्रतिशतले वृद्धि हो। आजको मैनबत्तीले बुलिस मारुबोजु आकृति बनाएको छ। यसले बजारमा कारोबारको अन्तिम समयसम्ममा क्रेताहरुको चाप रहेको र अर्को कारोबार दिन पनि बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। आजको परिमाणले पनि खरिदकर्ताहरुको चाप अत्याधिक रहेकाले बजार सकारात्मक रहेको मानिन्छ। 

चित्र नं.२: ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, दुई दिनको बजारको उतारचडाव हेर्नलाई ५ मिनेट समयावधि मैनबत्तीहरुलाई प्रयोग गरिएको छ।  अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजार यदि १२२५ भन्दा माथि स्थिर रहन सकेमा बजार अझ केही सकारात्मक हुन सक्ने सम्भावना बिहीबार पुष्टि भएको छ। बजार हाल प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। हिजो प्रवृत्तिहीन रहेको बजारमा चित्र नं. २ मा देखिए बमोजिम माथिल्लो प्रवृत्ति रेखा अर्थात हिजोको १२२५ को प्रतिरोधलाई आज नेप्सेले तोड्न सफल रहेको र बजार सकारात्मक भएको देखिन्छ। 

६ र २१ समायवधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरु एकआपसदेखि फराकिलो हुँदै गएकाले बजारमा विक्रेताभन्दा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद हुन थालेको संकेत गरेपनि बजार सच्चिने संकेत भने गरेको देखिँदैन। 

निष्कर्ष : चित्र नं. १ मा देखिए बमोजिम दैनिक मैनबत्तीहरुले बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। माथिको समग्र नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजार हाल प्रतिरोध क्षेत्रमा रहेकोले लगानिकर्ता सजग रहनु पर्ने देखिन्छ। यदि बजार १२३३ भन्दा माथि स्थिर रहन सकेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालिन प्रतिरोध १२५० मा रहेको देखिन्छ। त्यसैगरी,  तत्कालिन सामान्य टेवा १२२३ मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १९:२२ बजे, बिहीबार, वैशाख ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्