Kathmandu Press

वर्षाले रोक्यो नेपालको विश्वकप यात्रा, यूएई छनोट

काठमाडौं, वैशाख ५ : वर्षा कारण नेपालको यू–१९ विश्वकप यात्रा टुङ्गिएको छ। एशिया क्षेत्रबाट यूएई विश्वकपका लागि छनोट भएको छ।

आज भएको खेल....

वर्षाले रोक्यो नेपालको विश्वकप यात्रा, यूएई छनोट

काठमाडौं, वैशाख ५ : वर्षा कारण नेपालको यू–१९ विश्वकप यात्रा टुङ्गिएको छ। एशिया क्षेत्रबाट यूएई विश्वकपका लागि छनोट भएको छ।

आज भएको खेलमा यूएई ओमनलाई दश विकेटले पराजित गर्दै विश्वकपका लागि छनोट भएको हो। उसले प्रतियोगिताका सबै पाँच वटा खेल जित्दै शीर्षस्थानमा रहेर विश्वकपको यात्रा तय गरेको हो।

उसले आज भएको खेलमा एक सय पाँच रनको लक्ष्य १२.१ ओभरमै हासिल गरेको हो।

नेपालले पनि तीन खेल जितेर ६ अंक बटुलेको छ । आज भइरहेको कुवेतसँगको खेलमा पनि जित नजिक पुगेको छ। तर, यूएईसँगको खेल वर्षाका कारण अवरुद्ध हुँदा दुई अंक गुमाएको थियो।

त्यसमा ‘डकवर्थ लुईस मेथड (डी÷एल)’का आधारमा यूएई विजयी भएको थियो। वर्षाले खेल अवरुद्ध रोकिने बेला नेपाल एक रनले पछाडि परेपछि यूएई विजयी भएको थियो।

वर्षाले यूएईसँगको खेल गुमाउँदा आजको कुवेतसँगको खेल जित्दा पनि आठ अंक मात्रै हुन्छ । जबकी यूएईको सबै खेल जितेर १० अंक पुगेको छ। समूहको शीर्ष स्थानमा रहँदै यूएई विश्वकपका लागि छनोट हुँदा नेपालको यात्रा टुङ्गिएको हो।

प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रह्यो । त्यस्तै कुबेत तेस्रो, ओमन चौथो, सिंगापुर पाँचौ र मलेसिया छैठौं स्थानमा रहेका छन्।

 

प्रकाशित मिति: १३:१३ बजे, बिहीबार, वैशाख ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्