Kathmandu Press

नेपाल छिर्‍यो सलह किरा, प्रजाति पहिचान गर्ने तयारी

काठमाडौं, असार १३ : भारतबाट सलाह किरा नेपाल छिरेको छ।

सलहको झुण्ड शनिबार भारतको विहारसँग स

नेपाल छिर्‍यो सलह किरा, प्रजाति पहिचान गर्ने तयारी

काठमाडौं, असार १३ : भारतबाट सलाह किरा नेपाल छिरेको छ।

सलहको झुण्ड शनिबार भारतको विहारसँग सीमा जोडिएका प्रदेश २ का तीन जिल्ला हुँदै नेपाल छिरेको हो। तर, सलहको प्रजातिबारे यकिन भइनसकेको कृषि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नेपाल छिरेका सलह किरा बारा, पर्सा र सर्लाहीमा रुख तथा जमिनमा बसेको पाइएको छ। सर्लाहीको नवलपुरमा रहेको तेल बाली अनुसन्धान कार्यक्रमको परिसरमा बसेका किराहरु उड्दै नजिकै रहेको उष्ण प्रदेशीय बृहत बागबानी केन्द्रमा समेत प्रवेश गरेका छन्।

अहिले देखिएका किरा ८–१० हजारको झुण्डमा रहेका छन्। नेपालका कृषि वैज्ञानिकहरुका अनुसार दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह किरा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको हो।

प्रकाशित मिति: १४:०२ बजे, शनिबार, असार १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्